एसियाली खेलकुद तयारी प्रशिक्षणका लागि कबड्डी टाेलीकाे बिदाई



काठमाडौं ।

चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कबड्डी महिला टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ । प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ । नेपाल ओलम्फक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित विशेष कार्यत्रमबीच टिमलाई बिदाइ गरे ।

हाङचाउ एसियाली खेलकुदमा नेपालले कबड्डीको महिला विधामा आफ्नो चुनौती पेस गर्नेछ । विदाई समारोहमा अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास पोखे ।

नेपाली टिममा सहभागी खेलाडीमा कप्तान मेनुकाकुमारी राजवंशी, मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त छन् ।  यस्तै टिमको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन् ।

प्रतिक्रिया दिनुहोस्