यस्तो छ आज बिहीबारको राशिफल



मेष

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।

तुला

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ पनि हुने समय छ ।

धनु

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

बृष

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

कर्कट

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा पनि होला ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा पनि सफलता पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्