‘सडकका कुकुरहरुलाई घृणा होइन, माया गरौं’


काठमाडौं ।

सडक (छाडा) कुकुरहरुमाथि अमानवीय व्यवहार नगर्न ससाना विद्यार्थीहरुले याचना गरेका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा विद्यार्थीलाई सके माया गर्न र नसके अमानवीय व्यवहार नगर्न अनुरोध गरे ।

एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरले मिट दी अथर इभेन्ट: अथर अफ साथी जुलु प्याले (काठमाडौको सडकको एक कुकुरबारे लेखिएको पुस्तक ‘साथी’ र त्यसकी लेखिका जुलु प्याले) सँंग गरेको कार्यक्रममा विद्यार्थीले कुकुर पनि जीवित प्राणी भएकोले उसमाथि अन्याय नगर्न अनुरोध गरे । विशेष गरेर सडक तथा गल्लीका कुकुरहरुमाथि अमानविय व्यवहार गरेको भन्दै उनीहरुले त्यस्ता मानिसमाथि कारबाही गर्नसमेत माग राखे ।

पुस्तककी लेखिका जुलु अमेरिका अमेरिकी लेखिका तथा पुश अधिकारकर्मी हुन् । उनले कुकुरको अधिकारमा केन्द्रित गरेर सत्य घटनामा आधारित भएर पुस्तक ‘साथी’ पशु अधिकारकर्मीहरुवीच चर्चित छ । यो पुस्तक काठमाडौंको सडक तथा गल्लीहरुमा जीवन विताउने एक सडकको कुकुरको सत्य घटनामा आधारित कथो हो । कार्यक्रममा उनले भनिन्, ‘जुलाई २०२० मा सोनाम याङगजोमनले सधैझै सडकका कुकुरहरलाई खाना खुवाउने क्रममा एकदिन तिनीहरुमध्ये एउटा कुकुर घाइते भेटनुहुन्छ, जसलाई आफनो घर वरिपरि घुमिरहयो भन्ने रिसले एक महिलाले उम्लिरहेको पानीले त्यस कुकुरको ढाडमा छयापेर घाइते बनाएकी थिइन् ।’

त्यही कुकुरमाथि लेखिएको सत्य घटनामा आधारित पुस्तक साथी रहेको उनले सुनाइन् । कार्यक्रममा विद्यार्थीले लेखिका जुलीसँंग अन्तरक्रिया गरेका थिए । उनीहरुले त्यस कुकुरको अवस्थाबारे जानकारी लिएका थिए । उतरमा जुलीले अहिले त्यो कुकुर क्यानडामा खुशीसाथ रहेको सुनाइन् । उनका अनुसार त्यो कुकुरलाई एकजनाले एडप्त (पालनपोषण) गरिराखेको छ ।

कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयका बालबालिकासँंग लेखक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको जनाए । कार्यक्रममा स्कुलका विद्यार्थीहरुले कुकुर पुस्तकमाथि समिक्षा पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्कुलका एकेडेमिक कोअर्डिनेटर संगीता किवाछेंले विद्यार्थीमा पुस्तक अध्ययनको वानी वसाउन स्कुलले यस्ता कार्यक्रमहरु गर्दै आएको जनाइन् ।

विद्यार्थीमा पुस्तक पठन संस्कृतिको विकासका लागि देशैभरि पुस्तकका लेखक लेखिकाहरुसँंग विभिन्न विद्यालयहरुमा छलफल अन्तरक्रिया गराइरहेको जनाइएको छ । फरकफरक स्कुलमा फरकफरक बाल साहित्यबारे लेखक लेखिकाहरुसँंग अन्तरसंवाद गराउँंदै आएको जनाइएको छ ।