एमाले अध्यक्ष ओलीले आज विशेष कार्यक्रमको आयोजना गर्दै, अर्थतन्त्रबारे पार्टीको धारणा राख्ने

0
Shares

काठमाडौं । अहिलेको अर्थतन्त्रको अवस्थाबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विशेष कार्यक्रम आयोजना गरेर अर्थतन्त्रबारे बोल्ने भएका हुन् ।

एमालेको उद्योग, वाणिज्य तथा  आपूर्ति विभागले अर्थतन्त्रबारे  छलफल गर्ने कार्यक्रम छ ।

पार्टी अध्यक्ष, एमालेका पूर्वअर्थमन्त्री, अर्थविद्‌हरुले अर्थतन्त्रको अवस्थाबारे जानाकारी गराउने तथा समस्याहरु औँल्याउने छन् ।