त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा बैंकका ६ जना कर्मचारी पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के र गोमा ज्ञवाली, मणिग्राम शाखामा कार्यरत कल्पना खत्री, कालिकानगर शाखाकी प्रतीक्षा रेग्मी, बुटवल शाखामा कार्यरत खिमडा गौतम  तथा नागरिक बैंक मुद्दाका दीपक विष्ट रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार दीपक विष्टलाई काठमाडौंबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्