त्रिशूली नदीमा आएको बाढीले दुई झोलुङ्गे पुलमा क्षति

0
Shares

धादिङ। 

धादिङ र गाेरखा जिल्लालाई राजमार्गसँग जोड्ने त्रिशूली नदीमाथिको दुईओटा पुल नदीमा आएको  बाढीले क्षतिग्रस्त भएको छ ।
धादिङको बेनिघाट रोराङ-७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ जोड्ने त्रिशूलीको पुलमा क्षति पुर्‍याएको छ। बाढीले बगाएर ल्याएका काठ त्रिशूलीमाथिका पुलमा अड्किएका छन्। पुलमा काठ अड्किएपछि क्षति पुगेको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर  १० र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर  ६ जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ।

त्रिशूलीमा गए राति ठूलो बाढी आएको थियो। बाढीले त्रिशूली नदी माथिका झोलुङ्गे पुललाई जोखिमपूर्ण बनाएकोले नागरिकहरुलाई सजकता  अपनाउन गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले आग्रह गरेका छन् ।

पुलमा क्षतिपुगेपछि मझिमटारमा रहेकाे शंखादेबी माविमा पढ्ने गाेरखाका विद्यार्थीहरु विद्यालय आउन  पाएका छैनन् । लगातार  त्रिशूली नदीमा बाढीको (वहाव )  सतह वढेर  घन्टाै  पानीले  हिर्काएर  आवतजावत  ठप्प  भएको छ ।

 यस पुलबाट  तरकारी लिएर बजार किनमेलमा आउने  ९४ घरधुरि गाउँले  किसानहरु बजारसँगको सम्पर्क विच्छेद भएको मझिमटारका शिक्षक तिलक चेपाङले बताए  ।