हेटौंडामा रक फर भिजिबिलिटी



हेटौंडा । दृष्टिविहीनको सहयोगार्थ हेटौंडामा सांगीतिक कार्यक्रम गरिने भएको छ। रक फर भिजिबिलिटी भन्ने मूल नारासाथ अनविज्ञ ब्यान्ड हेटौंडाको आयोजनामा आगामी शनिबार सांगीतिक कार्यक्रम आयोजना गरिन लागेको हो।

हेटौंडाको एभोकाडो होटलमा आयोजना गरिने कन्सर्टबाट संकलित रकम आर्ट एकेडेमी निर्माणका लागि प्रयोग गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। आयोजक समिति सदस्य संग्राम बल लामाका अनुसार कन्सर्टमा अभया सुब्बाको सांगीतिक टोली अभया एन्ड दी स्टिम इन्जिन, ब्लाइन्ड रक्स र द फ्रिडम ग्रुप्सले सांगीतिक कोसेली पस्किनेछन्। यस वर्ष अनविज्ञले देशको ठूला पाँच शहरमा आर्ट एकेडेमी स्थापनाका लागि सांगीतिक कार्यक्रम गर्ने तय भएको उनले बताए। एकेडेमी दृष्टिविहीन, शारीरिकरूपमा अशक्त भएकाका लागि प्रयोगमा आउने जनाइएको छ।कार्यक्रको तयारी अन्तिम चरणमा पुगेको र टिकट बिक्री भइरहेको बताइएको छ। कार्यक्रमका लागि ब्लाइन्ड रक्स नामक गैरसरकारी संस्थाको सहयोग रहने आयोजकले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्