काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हिजोदेखि चितवनको नारायणगढ मुग्लिन सडक खण्डमा खटाएको आर.ए.टी नाम दिइएको एउटा समूहलाई हटाउन जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेको छ ।
प्रशासन कार्यालयले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको जाकारी गराएका छन् ।
जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।
प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।
प्रतिक्रिया