बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित

0
Shares

काठमाडौँ।

प्रतिनिधिसभाको बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको छ ।

बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

यसअघि, संसद् बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको थियो । पछि अपराह्न ४ बजे बस्ने गरी बैठकको समय सारिएको थियो । तर, बैठक सुरु नै नभइ भोलिसम्मका लागि स्थगित गरिएको हो ।