काठमाडौं ।
क्यानडा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ६ घर भई हाल काठमाडाैं बुढानिलकण्ठ नगरपालिका- ३ बस्ने २७ वर्षीय फुलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हाे।
वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनि नवराज घिमिरेबाट दश लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । क्यानडा पुगेपछि मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी तिन लाख चौहत्तर हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकाे पीडीतकाे भनाइ छ ।
पीडितले वैदेशिक रोजगार विभाग उपस्थित गराइदिन हुन भनी पत्राचार गरेका थिए । उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले फुलमाया जिरेललाई खोजतलासकाे क्रममा मिनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएकाे छ ।











प्रतिक्रिया