सकियो माओवादी केन्द्रीय समिति बैठक



काठमाडौँ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो।

बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बताए।

‘हामी एक ढिक्का भएका छौँ। पार्टी नेतृत्व बाहिर जाने छैनौँ। नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ,’ उनले भने, ‘हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ। फेरि माओवादी जाग्ने छ।’

 

 

प्रतिक्रिया दिनुहोस्