म्याद थप्दै रेलमार्ग निर्माण कार्यमा ढिलाई

0
Shares

रौतहट  ।

मन्त्रीनै मालिक रहेको एक निर्माण कम्पनीले राष्ट्रिय गौरवको योजना रेलमार्ग निर्माण कार्यमा ढिलाई गरेको छ ।

शक्ति र पहुचको आधारमा म्याद थप्दै आएपनि निर्माण कार्य अधुरोनै रहेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदिय दलका नेता एवम् बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रि समेत रहेका निर्माण व्यवसायी बहादुर सिह लामा तामाङ्गको जेभि रहेको निर्माण कम्पनी रौताह-हिम्डुङ्ग एण्ड थोकर-कन्काईले रेल्वे ट्रयाकबेड र पुल निर्माणमा ढिलाई गरेपछि स्थानीय चिन्तित बनेका छन् ।

रेल निर्माणको कार्य समयमै सम्पन्न नहुनुमा निर्माण व्यवसायी दोषी रहेको लक्ष्मण न्यौपानेले बताए । दश महिना देखि सडकको दायाँ बायाँ ठड्याएको फलामे रडमा खिया लागेपछि निर्माण कम्पनीले हतार हतारमा खाक्सी लगाएर खिया हटाउन थालेको छ । ३ ( तीन ) नम्बर प्याकेजमा पर्ने सो ठेक्का अन्तर्गत रेल गुडने पुलको तल्लो भागमा ढलान गरेर दश महिना देखि रड छाडिएपछि जीर्ण र खिया समेत लागेको समाचार प्रकाशित भएको थियो ।

निर्माण व्यवसायी बहादुर लामाले निर्माण कार्य ढिलाई हुन गएको स्वीकार गरे। सो प्याकेजको ठेक्का आर्थिक वर्ष ०७५-७६ मा शुरुभए पनि समयमै कार्य सम्पन्न नहुदा निर्माण कम्पनीको म्याद गत असाढ महिनामा सकिएको छ । निर्माण कम्पनीले पुन: म्याद थपको गृह कार्य थालेको छ ।

 निर्माण व्यवसायीले म्याद थप नहुँदै अलपत्र छाडिएको पुलको निर्माण थालेपनि रडको ल्याब परीक्षण गरिने रेल, मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दिका शब ईन्जिनियर श्यामभक्त श्रेष्ठले बताए । समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आयोजनाले पत्रचार समेत गरिसकेको छ । सो प्याकेजको कम्पनीको तर्फबाट निर्माणको जिम्मा लिएका निर्माण व्यवसनयी महासंघका उपमहासचिव शिबहरी घिमिरेले निर्माण कार्यलाई बेवास्ता गर्दै आएको आयोजनाले जनाएको छ ।