पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजमार्ग अवरुद्ध

0
Shares

हेटौँडा ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजमार्ग अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो     त्रिभुवन राजमार्ग अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ ।

आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ ।