‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिता काठमाडौंमा, तयारी तीव्र

0
Shares

खोटाङ ।

गायन तथा नृत्य प्रतिभाको खोजी गर्ने प्रतियोगिता ‘खोटाङ प्रतिभा २०८०’ को तयारी तीव्र बनाईएको छ । खोटाङ कलाकार समाज काठमाडौंको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह-आयोजनामा सम्पन्न हुने प्रतियोगिताको फाईनल आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने छ ।

खोटाङको दशै स्थानीय तहमा गत वैशाख ५ गते अडिसन राउण्ड मार्फत छनौट भएका प्रतिभाहरुबीच फाईनल प्रतिस्पर्धा गराईने आयोजकको भनाई छ । आयोजकले सबै पालिकाको उत्कृष्ट प्रतिभाहरुबीच अन्तिम प्रतिष्पर्धा गराएर ‘खोटाङ प्रतिभा’ खोजी गर्न लागेको हो ।

नृत्य विधाको दश जना र गायन विधाको दश जना गरेर हाल काठमाडौंमा बन्द प्रशिक्षणमा रहेका छन् ।खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईका अनुसार सबै उत्कृष्ट पालिका प्रतिभाहरुलाई एक महिना देखि क्या्िरपङ गरेर बन्द प्रशिक्षण चलाईएको हो ।जिल्लामा
छरिएर रहेको प्रतिभाहरुको सम्मान र गीत संगीतमा भविष्य खोजी रहेकाहरुलाई सम्भावनाको ढोका खुल्ला गर्न कार्यक्रम आयोजना गरिएको हो ।

हाल विभिन्न क्षेत्रका विषय विज्ञहरुबाट प्रशिक्षण दिनका साथै उनीहरुकाे  प्रतिभालाई निख्खरता ल्याउन लागिएको आयोजकले जनाएको छ । दिनको १ बजेबाट हुने फाईनल प्रतियोगितामा प्रवेश निःशुल्क रहेको आयोजकले उल्लेख गरेको छ ।