संवैधानिक परिषदले महालेखा परीक्षक र आयुक्तमा खुलायो आवेदन

0
Shares

काठमाडौं ।

संवैधानिक परिषदले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुश्लिम आयोग सदस्यका लागि आवेदन खुला गरेको छ।

परिषद सचिवालयले आइतबार सूचना निकालेर चार पदका लागि आवेदन माग गरेको हो।संवैधानिक निकायका पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो विवरण १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा रहेको फारम भरेर बुझाउनु पर्नेछ।