भालुको आक्रमणबाट २५ बाख्रा ठहरै 

0
Shares

 बाजुरा।  

 बाजुराको हिमाली गाउँपालिका वडा न.१  टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परि मरेका छन् । बिहीबार दिउँसो गैरी पाटनको जंगलमा  चरिरहेको वेला जंगली भालुले आक्रमण गरी मारेको हो । आक्रमणबाट २५ बाख्रा ठहरै रहेका छन् भने पाँच बाख्रा पनि सिकिस्त  रहेको विच्छ्या प्रहरी चौकीबाट  धनसिं  धामीले जानकारी दिएका छन् ।

  पहिले दुई बाख्रा चड्कनी हानेर बाखाका आँखा झिकेर खाएको र पछि २८ बाख्रालाई  सोही भालुले चड्कन हान्दै मारिफालेको  स्थानीय दलवीर बोहराले बताए । भालु पीडित बोहराले भने  आयस्रोतको प्रमुख माध्यम बाख्रा नै थिए ,वर्षौँ  लगाएर पालेका बाख्राको बथानलाई एक दिनमै भालुले स्वाहा गरिदिएपछि गोठ रित्तियो। घनघोर जङ्गलमा चरिरहेका बाख्रामाथि भालु जाइलाग्दा व्यवसायबाट विमुख बनाएको उहाँको दुःखेसो छ।

      गत वर्षपनि हिमाली गाउँपालिका एक  नातिखोलाका दुई परिवारका एक सय बढी  भेडाबाख्रा भालु आक्रमणबाट मारेका थिए  । वर्षेनी सयौं  भेडाबाख्रा बाघ भालुको सिकार हुन्छन् स्थानीय दिपचन्द्र पाण्डेले बताए ।साबिकको विच्छ्या गाविस भेडाबाख्रा पालनका लागि उपयुक्त चरिचरन भएको बाख्रा पकेट क्षेत्र हो ।
तथापि बाघ भालुबाट बचाउन नसकेर त्यहाँका नागरिकले वर्षे लाखै क्षति  व्यहोर्नु  परेको छ ।

 विच्छ्या प्रहरी चौकीबाट गैरीपाटन पुग्न करिब ९५ सय किलोमिटरको पैदल दुरीमा पर्छ , उक्त ठाउँमा  न टेलिफोन टावर टिप्छ न त हिड्नेबाटो सहज छ । जोखिम मोलेर  दिनभर जंगलको बाटो हिँड्नु पर्छ ।  प्रहरी मुचुल्का ल्याउनै सास्ती छ ,  प्रहरी चौकी बिच्छ्याका इन्चार्ज तिलकराज जोशीले बताए ।