सुकेटार विमानस्थलमा दुई महिनादेखि हवाई ठप्प



ताप्लेजुङ ।

 ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनादेखि हवाई उडान हुन सकेको छैन । राष्ट्रिय ध्वजावाहक नेपाल एयर लाइन्सले सोमबार र बिहीबार तथा सीता एयरले सोमबार र शनिबार गरी सातामा चारवटा उडान तालिका रहेको छ ।

सुकेटार विमानस्थल प्रमुख एटीसी उदय राजवंशीका अनुसार नेपाल एयर लाइन्सले गत जेठ २६ गते र सीता एयरले गत चैत २४ गते अन्तिम उडान गरेका थिए ।

मनसुन सुरु भएपछि उडान तालिका हुँदा मौसम नखुल्ने र मौसम खुल्दा उडान तालिका नभएको राजबंशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्