लमजुङ।
लमजुङ प्रहरीले जुवाको खालबाट नगद ५ लाख ७० हजारसहित २२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मर्स्याङदी गाउँपालिका ९ खुँदी जलविद्युत केन्द्र नजिकैको एक घरबाट जुवाडेहरूलाई पक्राउ गरेको हो ।
घनपोखरा स्थित धन बहादुर तामाङले भाडामा लिई बसेको घरमा हारजितको बाजी राखी जुवा (कौडा) खेल्दै गरेका निज धन बहादुर तामाङ सहित मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ,सहदेव गुरुङ, शिव गुरुङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, वीरेन्द्र राउत बरै, देवेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, विष्णु बहादुर अधिकारी, नवीन गुरुङ,काले तामाङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङलाई फेलापारी खानतलासी लिँदा निजहरूसँग नगद पाँच लाख ७० हजार रुपैयाँ, कौडा १६ थान सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
प्रतिक्रिया