माओवादीको केन्द्रीय कमिटीमा थपिएका २४ महिला सदस्य (नामावलीसहित)

0
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले २४ जना महिला केन्द्रीय समितिमा थपेको छ। पछिल्लोपटक २२ जना थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ पुर्‍याएको हो।

थपिएका सदस्यहरू शुक्रबारदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्। माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाललाई केन्द्रीय सदस्य थप गरेको हो। त्यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन्। सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन्।

२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरेकोले महिलाहरु थप गरेको हो।