माओवादी केन्द्रीय समितिकाे बैठकमा बाेल्न पाउनुपर्ने भन्दै १०० भन्दा बढी सदस्यले टिपाए नाम



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन दिनदेखि बस्दै आएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना भनाइ राख्न पाउनुपर्ने भन्दै नाम टिपाएका छन् ।

आज (शुक्रबार) विहान ११ बनेदेखि शुरू भएको उक्त समितिको बैठकमा झन्डै एक सय २२ जनाले नाम टिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार लगातार पाँच दिनसम्म बस्ने बैठकमा बोल्नका लागि अधिकांश केन्द्रीय सदस्यले नाम टिपाउने गरेका छन् । नाम टिपाएका सदस्यहरूलाई सकेसम्म बोल्न दिइनेछ ।

बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् ।

बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम स्पष्ट भएर जानुपर्ने माग केन्द्रीय सदस्यले गरेका छन् ।

बैठकमा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्