काठमाडौं ।
ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बनाउने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र प्राप्त भइसकेको बताए । ‘पुल्चोकको मन्त्री क्वार्टर भैंसेपाटीमा सरेपछि त्यो ठाउँमा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई निवास दिने भन्ने निर्णय प्राप्त गरेकाे बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक आवास पाउने निर्णय भएको छ ।’
शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ ।
प्रतिक्रिया