एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा विभिन्न पार्टी कमिटीका बैठकको तयारी र एजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्युरो भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म गर्ने यसअघि नै तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्