वेपत्ता किशोर ११ दिनपछि बागमतीमा मृत फेला

0
Shares

काठमाडौं ।

सामाखुसी नालामा खसेर बेपत्ता भएका किशोर ११ दिनपछि मृत फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलले १३ वर्षीय साजन मगरलाई दक्षिणकाली नगरपालिका–७ स्थित बागमती किनारमा मृत फेला पारिएको जानकारी दिए ।

साउन ७ गते भारी वर्षा भइरहेका बेला सडकमा निस्किएका उनी नालीमा खसेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।