सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकास्पद: एमाले उपमहासचिव ज्ञवाली

0
Shares

बुटवल ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकास्पद रहेका दावी गरेका छन् । उनले सुन लगायत विभिन्न भ्रष्टाचारका काण्डहरुमा नाम जोडिएका नेताहरुलाई सरकारले जोगाउने प्रपञ्च गरिहेको आरोपसमेत लगाएको छन् ।

पछिल्लो समय चर्चामा रहेको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको उपमहासचिव ज्ञवालीले आरोप लगाए ।

स्व. जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बुधबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञवालीले सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गर्दै उच्चस्तरीय छानवीन समिति गठन हुनुपर्ने अडान दोहो¥याए  । सुन तस्करी प्रकरणको सही अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउनुको विकल्प नभएको उनको कथन भनाइ थियो ।

नेता ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको टिप्पणी गर्दै मुलुकले ईतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे । ‘ईतिहासमै पहिलोपटक राजश्वले कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था सिर्जना भएको छ,निर्माण व्यवसायीको काम पूरा भएको ८० अर्ब बढी भुक्तानी दिन सकेको छैन’– उपमहासचिव ज्ञवालीले भने–‘तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।

सरकारले सत्ता टिकाउनका लागि नेपालको असंलग्न परराष्ट्र नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको उपमहासचिव ज्ञवालीले उल्लेख गरे ।