काठमाडौं ।
काठमाडौंको बिजुली बजारमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेका थिए ।
बिहीबार दिउँसो बिजुली बजार पुलमा सहकारी पीडितहरू र प्रहरीबीच झडप भएको छ । सहकारी पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जानकारी दिए। ‘कसैलाई कुटपिट र पक्राउ गरेका छैनौं,’ उनले भने। निक्षेपको सावा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्।











प्रतिक्रिया