सुन प्रकरणमा मेरो संलग्नता छैन : महरा

0
Shares

काठमाडाैं ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। महराले फेसबुकमा स्टाटस लेख्दै सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेको र यसमा आफ्नो कुनैपनि संलग्नता नभएको बताएका हुन्।

उनले चिनियाँसँग आफूले फोन नगरेको र उल्लेख गरिएका फोन नम्बरसमेत आफ्नो नभएको बताएका छन्। उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्।

माओवादी नेतृत्वको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरालाई उक्त प्रकरणबाट जोगाएको आरोप छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो घटनाको अनुसन्धान गरेको हो। आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसुरमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो।