पुलबाट नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

0
Shares

काठमाडाैं ।

बिहीबार विहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उपचारकाक्रममा मृत्यु भएको छ। विहान पौने ८ बजेतिर नारायणगढस्थित नारायणी पुलबाट हामफालेकी अन्दाजी ४५ वर्षकी महिलाको केहीबेरमा उद्धार गरिएको थियो।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन टोलीले ती महिलाको उद्धार गरेको थियो। उनको चितवन मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए।

यसअघि साउन १० गते विहान पनि एक जना महिला यही पुलबाट नदीमा हामफालेकी थिइन्। तीन दिनपछि उनी मृत अवस्थामा भेटिएकी थिइन्।