घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

काठमाडाैं  ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य ओरालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । बुधबार १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।