काठमाडौं ।
सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्य मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रामेश्वर चौधरी, शिवराज भट्ट र कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
आजै मुख्यमन्त्री कमल बहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्रीका काँग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका हुन् उनीहरु तीनै जनाको आज शपथ गराइएको हो ।
आन्तरिक मामिला मन्त्री भट्ट बैतडीको प्रदेशसभा(ख) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा(ख) बाट निर्वाचित भएका थिए। माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन्।











प्रतिक्रिया