धनगढीमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित २ कर्मचारी पक्राउ

0
Shares

कैलाली  ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेका ७ जना जुवाडे मद्ये १ जना वडाध्यक्ष २ जना सरकारी कर्मचारी रहेको खुलेको छ ।

धनगढी उप महानगरपालिका–३ बाट पक्राउ परेका ७ जुवाडेमा बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी गरेका छन ।

उनीहरूको साथबाट प्रहरीले ८८ हजार ४०५ नगद रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जनाएको छ । वडाध्यक्ष, सरकारी कर्मचारी सहित धनगढी उप – महानगरपालिका–३ का ४३ वर्षीय हरि सिंह बोहरा, वडा नम्बर ३ का ३७ वर्षीय गणेश बहादुर साउद, ४३ वर्षीय तारा चन्द, ३३ वर्षीय प्रकाश भाट र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का ४८ वर्षीय गिरीराज पाण्डेय रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।