काठमाडौं प्रहरी परिसर कार्यालयमा ढुंगामुढा प्रहार १२ जना प्रहरी घाइते

0
Shares

काठमाडौं ।

काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । बुधबार अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै तामाङ समुदायले प्रहरी कार्यलयमा ढुंगामुढा गरेका हुन् ।  उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी भने लिइसकेको छ । केही दिनअघि पाण्डेले तामाङ र मगर समुदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार आन्दोलनकारीको ढुंगामुढाबाट १०–१२ जना प्रहरी घाइते भएका छन् । केही घाइते प्रदर्शनकारीसहितलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले आन्दोलन थालेको थियो । यसैबीच प्रहरीले अधिवक्ता पाण्डेलाई बिहानै नियन्त्रणमा लिएको थियो ।