काठमाडौं ।
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सदस्यहरुले मोबाइल अफ गर्नुपर्ने, रेकर्ड वा लाइभ गर्न नपाइने कडा बनाकाे छ । महासचिव देव गुरुङले बैठकको नियम पढेर सुनाउँदै कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् ।
स्रोतका अनुसार महासचिव गुरुङले अध्यक्षले प्रतिवेदन पेस गरेपछि बोल्न चाहनेले नाम टिपाउनुपर्ने बताएका छन् । बोल्नका लागि पाँच मिनेटको समय तोकिएको छ भने पाँच मिनेट सकिएपछि माइक बन्द हुने नियम बनाइएको छ । साँझ ६ बजेसम्म बैठक सञ्चालन हुने र खाजा खानका लागि ४५ मिनेट ब्रेक दिइने बताइएको छ ।











प्रतिक्रिया