सुदूरपश्चिममा अख्तियारका नयाँ हाकिम अस्मान आए, रामबहादुर गए

0
Shares

धनगढी  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुखको सरुवा भएको छ।

निवर्तमान हाकिम रामबहादुर लिम्बू कुरुम्बाङको सरुवा भएको हो। अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले रामबहादुरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास सरुवा भएको र उनको ठाउँमा अर्का हाकिम हाजिर भएको जानकारी दिए।

उनका अनुसार अख्तियार सुदूरपश्चिमको नयाँ हाकिमको रुपमा अहिले सहसचिव अस्मान तामाङ आएका छन्। यसअघि श्रम, यातायात तथा रोजगार मन्त्रालयमा कार्यरत रहेका तामाङले केही दिनअघी नै प्रमुखको कार्यभार सम्हालिसकेका छन्। लामोसमय गृह प्रशासनमा रहेर काम गरेका उनी अनुभवी र अनुसन्धानमा अब्बल मानिन्छन्।