काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पुनर्निर्माण आवश्यक भएको बताएका छन् ।
आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यो केन्द्रीय समिति बैठकले साँचो अर्थमा कम्युनिष्ट पार्टी निर्माणका लागि पुनर्निर्माणको थालनी गर्नुपर्ने बताए । पार्टीभित्र नेता कार्यकर्ता र विशाल समिति संरचना भए पनि माओवादी पार्टी पार्टीजस्तो नभएको गुनासो गरे ।
“देशको राजनीतिमा देखिएको विभिन्न र विचारको परिवेशका बारेमा, विगतको समीक्षा गर्ने र आउने दिनमा एक्सन ओरेन्टेड भएर जानु आवश्यक छ,” प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भने, “मैले बेला मौकामा भन्ने गरेको छु, नेता कार्यकर्ताको विशाल समिति छ, पार्टी चाहिँ पार्टी जस्तो भएको छैन । साँचो अर्थमा कम्युनिष्ट पार्टी बनाउन पुनर्निर्माणको थालनी गर्नुछ ।”











प्रतिक्रिया