मुख्यमन्त्री थापाको दाबी : कोशी सरकारले विश्वासको मत प्राप्त गर्छ



काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्तिपत्र प्राप्त भएपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताए । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि कुनै शङ्का उपशङ्का नगर्न आग्रहसमेत गरे ।

उनले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको बताए । वर्तमान गठबन्धन सरकार चार वर्ष सञ्चालन हुनेमा ढुक्क रहन थापाको आग्रह थियो । जनताको समृद्धिमा सरकारले कार्य गर्ने उनको भनाइ छ ।

थापाले प्रदेशमा राजनीतिक गणितका कारण अस्थिरता रहेको चर्चा गर्दै मुख्य चुनौती भनेको दलभित्र बहुमत नरहनु नै समस्या रहेको बताए । प्रदेशमा नौ जना मन्त्री नियुक्त गर्ने जानकारी दिँदै थापाले मन्त्रीमा नयाँ र पुराना अनुहार रहने बताए ।

प्रतिक्रिया दिनुहोस्