शिवाको तीज गीत



गायिका शिवा आले कार्कीको स्वरमा मौलिक तीज गीत छिर्लिङ बरी लै सार्वजनिक भएको छ।

शिवाको साथमा गायिका मीना लामाको स्वर रहेको गीतमा चन्द्रकला शाह र बमबहादुर कार्कीको शब्द तथा चन्द्रकलाकै संगीत रहेको छ। गीतमा तीजका बेला भेट भएका साथीसंगीबीचको कुराकानी रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।

गीतमाथि निर्माण भएको आकर्षक म्युजिक भिडियोमा सोनी गुरुङ र अस्मिता रणपालको नृत्य रहेको छ। भिडियोमा निर्देेशन र सम्पादन विष्णु शर्मा तथा छायांकन सुरेश श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्