माओवादी केन्द्रीय समिति बैठक बस्दै, प्रधानमन्त्रीले राजनीतिक प्रतिवेदन पेस गर्ने

0
Shares

काठमाडौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ  । बुधबारदेखि काठमाडौंको प्रज्ञा भवनमा  बस्न लागेकाे हाे  ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बुधबार बिहान ११ बजे सुरु हुनेछ। केन्द्री समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने भएका हुन्।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेकाे छ । केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठक केही एजेन्डा तय गरिसकेको छ। माओवादीको केन्द्रीय समिति बैठक १३ महिनापछि बस्न लागेको हो।