काठमाडाैं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने सहमति भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा काठमाडौं महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौँ तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी सहभागी भएको छलफलमा उक्त सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा काठमाडौं महानगर, राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी, जिल्ला प्रहरी परिसर, काठमाडौंबीच भएको छलफलमा सहमति जुटेको हो। राप्रपाले पार्टी कार्यालय २१ दिनभित्र सार्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।
राप्रपाको केन्द्रीय कार्यालय रहेको भवनमाथि नेपाल विद्युत् प्रधिकरणको हाइटेन्सन लाइन छ। हाइटेन्सन लाइनमुनि अनुमति विना भवन निर्माण गरिएको भन्दै महानगरले हटाउन खोजेको हो।











प्रतिक्रिया