कांग्रेस-एमाले मिलेर नयाँ सरकार गठन गर्नुपर्ने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीको जोड



विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दल नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस–एमाले मिलेर नयाँ सरकार गठन गर्नूपर्ने जोड दिएका छन् ।

उनले सत्ताको संकट टार्न कांग्रेस र एमाले मिल्नुपर्ने जोड दिएका हुन् । कोशी प्रदेशमा सरकार निर्माणमा संकट उत्पन्न भएको भन्दै कांग्रेस–एमाले मिलेर अघि बढ्नुपर्ने बताए ।

“कांग्रेस र एमाले मिलेर मुलुकको राजनीतिक संकट टार्नुपर्ने जस्तो अवस्था छ, अन्योलको अवस्था छ, यसबाट बाहिर निकाल्न सक्नुपर्छ,” कार्कीले भने, “तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा देखिएको छैन ।”

कांग्रेसले प्रदेश सभामुखलाई राजीनामा दिन लगाएर अमर्यादित रूपमा सत्ता लिन खोजेको कार्कीको आरोप छ । उनले धेरैपछि चेतेर मात्र कांग्रेस एमालेसँग मिल्न आउने बताए ।

प्रतिक्रिया दिनुहोस्