खेल मैदान नजिकैबाट १० राउण्ड गोली बरामद

0
Shares

दाङ । घोराही उपमहानगरपालिका–१५ स्थित खुल्ला खेल मैदान नजिक मानिस नबस्ने टहराबाट पेस्तोलमा लाग्ने १० राउण्ड गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

कालो टेपले बेरी राखेको अवस्थामा वस्तु फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कायाृलय दाङबाट खटिएको प्रहरीले उक्त गोली फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।