पौडी खेल्नेक्रममा नदीको भङ्गालोमा अड्किएका घर्तीको सकुशल उद्धार



कास्की । जिल्लाको माछापुछ्रे गाउँपालिका–१ खिलाङ्गस्थित सेती नदीको भङ्गालोमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

पौडी खेल्नेक्रममा नदीको बीच भङ्गालोमा अल्झिएका सुर्खेतका २१ वर्षीय तेजबहादुर घर्ती मगरको प्रहरीले सकुशल उद्धार गरेको हो ।

यसबारे जानकारी प्राप्त भएलगत्तै कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनको सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्