कांग्रेसको सिको गर्दै माओवादी केन्द्र, केन्द्रीय समिति बैठक लाइभ गर्ने



काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठकको लाइभ गर्ने भएको छ ।

कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

पार्टीको विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादी केन्द्रले साउन १७ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

सात्तासाझेदार दल नेपाली कांग्रेसले यसअघि झन्डै साता दिन लामो केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्