अवरुद्ध संसद्लाई गति दिन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री तथा प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज (सोमबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्ताको के विषयमा छलफल भएको हो, सोबारे हालसम्म सार्वजनिक गरिएको छैन ।

तर, अवरुद्ध संसद्लाई गति दिन अर्थात् अवरोध हटाउनेबारे छलफल भएको हुनसक्ने बताइएको छ । त्यसैगरी भोलि (मंगलबार) प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठकको विषयमा पनि छलफल भएको हुनसक्ने स्रोतले बतायो ।

प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद् बैठक प्रधानमन्त्री प्रचण्डले बोलाएका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्