एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

0
Shares

काठमाडौं ।

बागमती प्रदेश सरकारले १ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले दुई कर्मचारीलाई ११ औँ तह (प्रदेश सचि)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए । यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।