प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बाेलाइयाे



 काठमाडाैं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आइतबार तीन नेताबीच संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा कुरा भएको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्