लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशुचौपाय मरे

0
Shares

रामेछाप ।

लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशु चौपाय मरेका छन् । रामेछापका ८ स्थानिय तहका पशुसाखाले दिएको जानकारी अनुसार २१ हजार भन्दा बडी पशुचौपायहरुमा संक्रमण देखिएको छ ।

लम्पी स्कीन रोगको सङ्क्रमणबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा २५, लिखुतामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० वटा गाई गोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाका प्रमुख तथा प्राविधिकहरूले बताएका छन् ।

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार १९०, मन्थली नगरपालिमा चार हजार, लिखुतामाकोशी गाउँपालिकामा पाँच हजार २००, गोकुलगंगा गाउँपालिकामा चार हजार, खाँडादेवी गाउँपालिकामा दुई हजार, उमाकुण्ड गाउँपालिकामा दुई हजार र सुनापति गाउँपालिकामा एक हजार ६३५ पशुमा सङ्क्रमण देखिएको सम्बन्धित स्थानीय तहका पशु सेवा शाखाका प्रमुख तथा प्राविधिकहरूले जानकारी दिएका छन् ।

लम्पी स्कीन रोगको सङ्क्रमणबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा २५, लिखुतामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० वटा गाई गोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाका प्रमुख तथा प्राविधिकहरूले बताएका छन् । जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकासँग लम्पी स्कीन रोगको कारण के कति पशु प्रभावित भए भन्नेबारे कुनै तथ्याङ्क नै छैन् ।

हालसम्म लम्पी स्कीन रोगबाट के कति पशु प्रभावित भए भन्ने कुराको तथ्याङ्क आफूहरूसँग नरहेको दोरम्बा सैलुङ गाउँपालिका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङ्गेलले बताउनुभयो । ‘दोरम्बा सैलुङ गाउँपालिकामा लम्पी स्कीन रोगबाट भएको क्षति बारे केही तथ्याङ्क छैन, अब केही समयपछि तथ्याङ्क सङ्कलनको काम गर्ने तयारी छ’, उहाँले भन्नुभयो ।

अहिले यो रोग रोकथाम तथा नियन्त्रणका लागि पालिकाहरूले निःशुल्क भ्याक्सिन प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधी पनि वितरण गरिएको स्थानीय तहहरूले जनाएका छन् । लम्पी स्कीन रोगबाट सङ्क्रमित एउटा पशुको कूल उपचार खर्च ७ देखि १० हजार रुपैयाँसम्म लाग्ने भएकोले सम्पूर्ण उपचार खर्च पालिकाले बेहोर्न सक्ने स्थिति नरहेको अधिकारीहरूले बताएका छन् ।

लम्पी स्कीन रोगका कारण जिल्लाका किसानहरूले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको गोकुलगंगा गाउँपालिका पशु पन्छी विकास शाखाका पशु सेवा प्राविधिक लोक प्रसाद फुयाँलले बताउनुभयो । ‘लम्पी स्कीन रोग सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको, गोरु बिरामी पर्दा रोपाइँमा समस्या भएको र पशु उपचारमा किसानले आर्थिक व्ययभार बेहोर्नु परेको छ’, उहाँले भन्नुभयो ।

अहिले यो रोग रोकथाम तथा नियन्त्रणका लागि पालिकाहरूले निःशुल्क भ्याक्सिन प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधी पनि वितरण गरिएको स्थानीय तहहरूले जनाएका छन् ।

लम्पी स्कीन रोगबाट सङ्क्रमित एउटा पशुको कूल उपचार खर्च ७ देखि १० हजार रुपैयाँसम्म लाग्ने भएकोले सम्पूर्ण उपचार खर्च पालिकाले बेहोर्न सक्ने स्थिति नरहेको अधिकारीहरूले बताएका छन् । लम्पी स्कीन रोगका कारण जिल्लाका किसानहरूले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको गोकुलगंगा गाउँपालिका पशु पन्छी विकास शाखाका पशु सेवा प्राविधिक लोक प्रसाद फुयाँलले बताउनुभयो ।