बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा तीन जना पक्राउ

0
Shares

बझाङ ।

बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले प्रक्राउ गरेका छ । जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो ।

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए ।

पीडितले दिएको उजुरीअनुसार तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको उपरीक्षक भण्डारीले बताएका छन् ।