आईआईएफटीकी सरु नेसनल डिजाइनर रनवे



डिजाइनर ड्रेससँगै मोडलहरुको रनवे द नेसनल डिजाइनर रनवे–२०२३ को ग्रिष्मकालीन संस्करणको शीर्ष उपाधि आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन्।

मोडल संग्स नेपालको आयोजनामा हालै राजधानीको जमलस्थित राष्टिझय नाचघरमा सम्पन्न ग्रिष्मकालीन संस्करणको रनवेमा निर्णायक तथा दर्शकहरुको पहिलो रोजाइमा परेको सुवेदीको उत्कृष्ट सिर्जनाले उनलाई विजेता बनाएको हो।

प्रतिभाशाली तथा उदीयमान डिजाइनरले आफ्नो रचनात्मकता र अद्वितीय शिल्प कौशलद्वारा र्याम्पमा उत्रिएका मोडलमार्फत दर्शकलाई चकित पारिरहँदा उत्कृष्ट डिजाइनले निर्णायक र सहभागीबाट सम्मान रुपमा प्रशंसा बटुल्दै नमुना कलेजकी रफिना महर्जन फस्ट रनर्सअप भइन्। रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना विष्ट त्रिपाठी निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्