लायन्स क्लव ३२५ आईअन्तर्गत काभ्रे डिस्ट्रिकका पाँचवटा क्लवको संयुक्त पदस्थापन



काभ्रे । लायन्स क्लव इन्टरनेशनल ३२५ आई नेपाल अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा रहेका पाँचवटा क्लवहरुको संयुक्त पदस्थापन तथा परिचयात्मक कार्यक्रम बनेपामा सम्पन्न भएको छ । चिफ गर्भनर चन्द्र केसीले निर्वाचित पदाधिकारीहरुलाई सपथ गराउँदै लायन्स क्लव ३२५ आईका गतिविधि र योजनाका सन्दर्भमा जानकारी गराउनु भएको थियो ।
‘लायन्स क्लवमा आवद्ध ब्यक्तिहरु समाज र समुदाय प्रति उत्तरदायी हुन्छन’– चिफ गर्भनर चन्द केसीले भन्नुभयो–‘नेपालका विभिन्न स्थानमा भएका विपद तथा संकटमा नागरिकहरुलाई महसुस हुने गरी लायन्स क्लव ३२५ आईले कार्य गरिरहेको छ ।
ब्यक्तिको ब्यत्तित्व विकासका साथै समुदाय प्रतिको उत्तरदायित्व ंबहन गर्ने अभियानमा लायन्स सदैव अग्रसर हुँदै आएको छ ।’ कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लामा रहेका बेथान्थोक क्लवका अध्यक्ष मदन तिमल्सिना, इन्द्रेश्वर क्लवका अध्यक्ष रामप्रसाद ढकाल, टेम्पल पिस काभ्रेका अध्यक्ष दिपक थापा, माँ चण्डेश्वरी क्लवका अध्यक्ष पुण्यवती घले र चार्टड क्लव पुर्व क्षितिजका डिल्लीराज आचार्यले वर्ष २०२३÷२०२४ का लागि नेतृत्वको जिम्मेवारीको पदस्थापन गर्नु भएको छ । यस अघी बेथान्चोकमा मदन तिमल्सिना, इन्द्रेश्वरमा डाईमन्ड थापा, टेम्पल पिसमा अञ्जु कार्की र माँ चण्डेश्वरीमा भवानी महत अध्यक्ष हुनुहुन्थ्यो ।
नेपालमा लायन्स क्लव ३२५ आईका १ सय ७० वटा क्लव छन् । १५ वटा डिस्ट्रिक क्लव मध्ये काभ्रेपलाञ्चोक एउटा हो । विश्वका २ सय १० वटा देशमा फैलिएको लायन्स क्लव ३२५ आईको नेपाल शाखामा ४० हजार सदस्य छन् । लायन्स डिस्ट्रिक क्लव ३२५ आई काभ्रेपलाञ्चोककी अध्यक्ष गिता विष्टले जिल्लामा रहेका पाँचवटा क्लवको सामुहिक पदस्थापन र परिचयात्मक कार्यक्रमले क्लवहरुका आगामी योजना तथा कार्यान्वयनमा थप सहजता मिल्ने बताउनु भयो ।
क्लवहरुले बार्षिक कार्यक्रमको योजना सहितको खाका प्रस्तुत गर्दै सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा लायन्स क्लव ३२५ आई नेपालका द्धतिय भाईस गर्भनर पार्वती खरेल पाण्डेले विश्वमै नमुना रहेको लायन्स क्लव ३२५ आईले नेपालमा नमुना र स्मरणयोग्य कार्य गरिरहेको बताउनु भयो । साथै आगामी दिनमा पनि नेपालका लागि महत्वपूर्ण योगदान पु¥याउने गरी कार्य गर्ने योजना प्रस्तुत गरिएको बताउनु भयो । सदस्यहरुलाई निर्धक्क हुँदै अभियानमा कृयाशिल हुन उहाँले अनुरोध गर्नु भयो ।
कार्यक्रममा लायन्स क्लव ३२५ आई नेपालका सचिव महेश पाण्डे, सह संयोजक तथा मिडिया कोअर्डिनेटर भोला थापा, ग्लोवल एक्सटेन्सन टिमका संयोजक पवन थापा, क्याविनेट सदस्य रामकुमार बस्नेत, प्रदेश संयोजक प्रल्हाद शर्मा हुमागाई लगायतले क्लवले गरेका कृयाकलाप र समुदायमा खेल्ने भूमिकाका बारेमा धारणा राख्नु भएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा लायन्सका चारवटा डिस्ट्रिक कृयाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्