नेपालले श्रीलंकाको स्थानीय टिमसँग अभ्यास खेल खेल्दै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले एसिया कपको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ । नेपाली टिमले श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेट एण्ड एथ्लेटिकसँग बुधबार पहिलो अभ्यास खेल खेल्दैछ ।

श्रीलंकाको प्रथम श्रेणीको उक्त क्लब र नेपालबीच खेल बिहान १० बजे सुरु हुने जनाइएको छ ।

ब्लुमफिल्डबाट राष्ट्रिय टिमबाट प्रतिस्पर्धा गरिसकेका खेलाडी समेत रहेका छन् ।

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ । श्रीलंका क्रिकेट बोर्डको सहयोगमा नेपालले अहिले ‘स्पेसल हाइ पर्फमेन्स क्याम्प’ मा रहेको छ ।

१५ दिने अभ्यासमा रहेको नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने छ । समूह चरणमा दुईमध्ये एक खेल पाकिस्तानमा खेल्दा अर्को एक खेल नेपालले श्रीलंकामा खेल्ने छ ।

विश्वकप छनोट तथा यसै साता सम्पन्न इमर्जिङ कपमा नेपाल गतिलो प्रदर्शन गर्न असफल हुँदा एसियाकपमा प्रदर्शन सुधार्नुपर्ने चुनौती नेपाललाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्